PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

२० दिनमै केपाले तोडे एलिसनको रेकर्ड, विश्वकै महँगा गोलकिपर बन्दै चेल्सीमा अनुबन्ध



पहिलोपोस्ट

२० दिनमै केपाले तोडे एलिसनको रेकर्ड, विश्वकै महँगा गोलकिपर बन्दै चेल्सीमा अनुबन्ध

इंग्लिस क्लब चेल्सीले स्पानिस क्लब एथ्लेटिको विल्वाओबाट गोलकिपर केपा अरिजागाबालालाई विश्वकीर्तिमानी रकममा स्टानफोर्डब्रिज भित्र्याएको छ।

युवा खेलाडीका लागि चेल्सीले ७१ मिलियन पाउण्ड खर्चिएपछि केपा विश्वकै महँगा गोलकिपर बनेका छन्। उनले यसअघिका विश्वका महँगा गोलकिपर बनेका लिभरपुलको एलिसन बेकरको रेकर्ड १ महिना पनि टिक्न दिएनन।

२० दिनमै एलिसनको रेकर्ड तोड्दै २३ वर्षी केपा महँगा गोलकिपर बने। एलिसन रोमाबाट ६६ मिलियन पाउण्डमा लिभरपुल पुगेका थिए।

चेल्सीसँग ७ वर्षको लागि सम्झौता गरेका केपाले अब बेल्जियन टिबाउट कोर्तवाको स्थान लिनेछन्। कोर्तवा स्पानिस जायन्ट रियल मड्रिडमा आबद्ध हुनेछन्। कोर्तवा भने ३१ मिलियन पाउण्डमै रियलमा अनुबन्ध भएका छन्।

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट खेल्ने डेविड डे हेपछि केपा स्पानिस राष्ट्रिय टिमको दोस्रो रोजाईँका गोलकिपर हुन्।

विल्वाओको पहिलो टिममा पछिल्लो दुई सिजन बिताएका केपाले ५३ ला लिगा खेल खेलेका छन् भने एक अन्तर्राष्ट्रिय क्याप समेत छ।

यस्तै केपाको अनुबन्ध रकम चेल्सीको पनि रेकर्ड फि हो। यसअघि चेल्सीले स्पेनकै अल्भारो मोराटाको लागि ६० मिलयन पाउण्ड खर्चेको थियो।

केपाले जनवरीमा मात्र विल्वाओसँग लामो सम्झौता गर्द २०२५ सम्म क्लमा रहने घोषणा गरेका थिए।

'मलाई धेरै कुराले क्लबमा आकर्षित गर्‍यो, क्लबले जितेको ट्रफी, अन्य खेलाडी, शहर र प्रिमियर लिग।' केपाले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell