PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

यू-१५ महिला साफ आजदेखि : नेपालको पहिलो खेल शनिवार, यस्तो छ खेल तालिका



पहिलोपोस्ट

यू-१५ महिला साफ आजदेखि : नेपालको पहिलो खेल शनिवार, यस्तो छ खेल तालिका
फोटो : NSJF

थिम्पु (भुटान) : दोस्रो संस्करणको यू-१५ महिला साफ च्याम्पियजसिप आजदेखि भुटानमा सुरु हुँदैछ।

दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा आज उद्घान खेलमा समूह ए मा रहेको भारत र श्रीलंका भिड्दैछन्।

खेल थिम्पुको चालीमिथाङ रंगशालामा स्थानीय समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ। भारत गत वर्ष बंगलादेशमा भएको पहिलो संस्करणको उपविजेता हो भने श्रीलंकाले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ।

पहिलो संस्करणमा आयोजक बंगलादेशसहित नेपाल,  भुटान र भारत गरी चार राष्ट्र मात्र सहभागी थिए।

यसपटक सहभागी संख्या बढेर ६ पुगेको छ। समूह ए मा भारत र श्रीलंकासँगै आयोजक भुटान पनि छ। यस्तै उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाल, साविक विनेता बंगलादेश र पाकिस्तान समूह बी मा छ।

यसै समूहमा रहेका बंगलादेश र पाकिस्तानबीच आजै राती ७ बजे खेल हुँदैछ। पाकिस्तानको पनि यो पहिलो सहभागिता हो।

पहिलो संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाल दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छ। नेपालले शनिवार पहिलो खेल पाकिस्तानसँग खेल्नेछ।

दुवै समूहमा उत्कृष्ट दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ २ गते हुनेछ।       

खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell