PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेपाल आइडलको दोश्रो संस्करण बिहीबारबाट



पहिलोपोस्ट

नेपाल आइडलको दोश्रो संस्करण बिहीबारबाट

काठमाडौं : टिभी सो नेपाल आइडलको दोश्रो संस्करण विहिबारबाट प्रशारणमा आउने भएको छ। इन्टरनेश्नल फ्रेन्चाइज गायन रिलायटी सो एपी वान मार्फत प्रशारणमा आउने भएको हो।

सोका निर्णायकमा न्हयु बज्रचार्य, काली प्रसाद बास्कोटा, ईन्दिरा जोशी नै दोहरिने भएका छन्। प्रस्तोतामा भने रिमा विश्वकर्मासँग निर्माता, गायक तथा अभिनेता आसिफ शाह देखिने भएका छन्। सोको पहिलो संस्करणमा पोखराका बुद्धलामा पहिलो भएका थिए। दोश्रो भने निशान भट्टराई र प्रताप दास तेश्रो बनेका थिए।

'मन जित्छ उसले, सुमधुर गाउछ जसले' नाराका साथ अडिसन राउण्डदेखीको कार्यक्रम प्रसारण हुनेछ। विजेताले २० लाख नगद, होण्डा कार, वोल्ड टुर अथवा ५० लाख प्राप्त गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell