PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

छोरा अपहरण गरेको भन्दै प्रहरीकहाँ उजुरी, गलत सूचना दिएको भन्दै समातिए बालककै बावु



पहिलोपोस्ट

छोरा अपहरण गरेको भन्दै प्रहरीकहाँ उजुरी, गलत सूचना दिएको भन्दै समातिए बालककै बावु

काठमाडौँ : गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिका स्थायी घरभइ हाल कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई पक्राउ गरेको हो। विष्टले बुधवार बिहान प्रहरीलाई फोन गरी आफ्नो २० वर्षीय छोरा नरेशको अपहरण भएको जानकारी दिएका थिए।

प्रहरीले अनुसन्धान गर्दा बावु विष्टले गलत सूचना दिएर प्रहरीलाई भ्रममा पार्न खोजेको महाशाखाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell