PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

दुई वर्षमै करोडौं रकम भ्रष्टाचार गरेको अभियोगमा समातिएका लेखा अधिकृत पुर्पक्षका लागि थुनामा



पहिलोपोस्ट

दुई वर्षमै करोडौं रकम भ्रष्टाचार गरेको अभियोगमा समातिएका लेखा अधिकृत पुर्पक्षका लागि थुनामा

काठमाडौं : करोडौं रकम भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीशहरु चण्ढीराज ढकाल, प्रमोद बैद्य र नारायणप्रसाद पोखरेलले इजलासले अधिकृत ढकालललाई थुनामा पठाउने आदेश दिएको हो।  

नगरपालिकाको सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी सबै आफ्नो खातामा रकमान्तर गरी केही दिनअघि बेपत्ता भएका लेखा अधिकृत ढकाललाई काठमाडौंको ज्ञानेश्वरबाट पक्राउ गरिएको थियो। लेखा अधिकृत ढकालले ३ करोड २४ लाख १८० हजार रुपैयाँ आफ्नो नाममा रहेको खातामा जम्मा गरेका थिए।

अधिकृत ढकालले इलामको माई नगरपालिकामा कार्यरत हुँदा सबैभन्दा धेरै अनियमितता गरेको देखिएको हो। त्यस्तै  प्रशासन अधिकृत कालिदास ढकाललाई भने १५ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell