PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

यू-१९ क्रिकेट : भारतमा हुने सिरिज र एसिया कपको लागि टिम तयार पार्न ओपन ट्रायल गरिने



पहिलोपोस्ट

यू-१९ क्रिकेट : भारतमा हुने सिरिज र एसिया कपको लागि टिम तयार पार्न ओपन ट्रायल गरिने

काठमाडौँ : भारतमा हुने यू-१९ एकदिवसीय सिरिज र बंगलादेशमा हुने यू-१९ एसियाका कपका लागि टिम निर्माण गर्न प्रशिक्षक विनोद दासले युवा खेलाडीको ओपन ट्रायल गर्ने भएका छन्।

यू-१९ टिमका मुख्य प्रशिक्षक दासले बिहीवार पत्रकार सम्मेलन गर्दै आफ्नै सक्रिएतामा यही साउन अन्तिममा खेलाडी छनोटका लागि ट्रायल गर्न लागेका जानकारी दिए।

'यू-१९ सिरिज र यू-१९ एसिया कपलाई मध्यनजर गर्दै यही साउन २८ देखि ३० सम्म भेलोसिटी एरेनामा ओपन ट्रायल गर्दैछु। आइसीसी र एसियाको प्रक्रिया लामो हुने भएकोले आफ्नै सक्रियतामा यो काम गर्न लागेहो हुँ।' दासले भने।

गत वर्ष एसिया कप खेलेका यू-१९ टोलीका ४ खेलाडी हाल सिनियर टिममा खेलिरहेका छन् भने अन्य खेलाडीले पनि प्रतियोगिताहरु खेल्न पाएका छैनन्।

'हामी कहाँ यू-१९ प्रतियोगिताहरु त्यति भइरहेको छैन। त्यसैले नयाँ प्रतिभा खोज्न र देशैभरीबाट खेलाडी आउन् भन्ने उदेश्यले यो ओपन ट्रायल गर्न लागेहो हो। यू-१९ को धेरै भन्दा धेरै खेलाडी समावेश होस् भनेर यो गर्न लागेको हो।' दासले भने। 'अहिले मनसुन चलिरहेको र ठाउँ पनि उपलब्ध नभएका कारण इन्डोरमा ट्रायल हुनेछ।'

ट्रायलमा १ सेप्टेम्वर १९९९ यता जन्मेका खेलाडीले भाग लिन पाउनेछन्। १६ वर्ष कटेकाले अनिवार्य नागरिकता र नकटेकाले जिल्लाबाट आवश्यकत कागज पत्र ल्याउनुपर्ने दासले बताए।

दासका अनुसार तीन दिनको ट्रयालपछिमा कम्तीमा ९ खेलाडी छानिनेछ। 'त्यसबाहेक गत वर्षको यू-१६ टिमको १४ जना, सात प्रदेशबाट ३-३ जनाका दरले २१ गरी कूल ४४ जनाको यू-१९ क्याम्प राखिनेछ। राम्रो ट्यालेन्ट आए ओपन ट्रायलबाट केही खेलाडी थप छानिन सक्नेछन्।' दासले खेलाडी छनोट प्रकियाबारे भने।

यस्तै उक्त ट्रायलमा युवा प्रशिक्षकहरुलाई पनि संलग्न हुने आफूले जानकारी गराएको दासले बताए।

४४ जनाको क्यापबाट यू-१९ टिमका लागि अन्तिममा १२ खेलाडी छनोट गरिनेछ। 'छनोट भएका १२ र गत वर्षको यू-१९ टोलीमा रहेका ७ गरी १९ जनाको टिम निर्माण गरिनेछ। त्यसैबाट भारतमा हुने सिरिज र बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि टिम घोषणा थरिनेछ।' दासले भने।

'मुख्य कुरा भनेको एसिया कपको लागि टिम निर्माण गर्न नै यो ट्रयाल गर्न लागेको हो। यू-१९ विश्वकप छनोट अर्को वर्ष हुनेछ। त्यसका लागि हामी फेरी खेलाडीहरुको लागी क्याम्प राख्छौँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell