PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मोटरसाइकल दुर्घटनामा प्रहरीका असईको मृत्यु



रासस

उर्लाबारी : मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। 

जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय बुद्धनगरमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell