PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

त्रिशक्ति सिमेन्टमा गुणस्तर विभागको कारवाही, गुणस्तर नपुगेको भन्दै एनएस चिन्ह खारेज



पहिलोपोस्ट

त्रिशक्ति सिमेन्टमा गुणस्तर विभागको कारवाही, गुणस्तर नपुगेको भन्दै एनएस चिन्ह खारेज

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले नारायणी सिमेन्ट उद्योगको नेपाल गुणस्तर चिन्ह स्थगन गरेको छ।

यो उद्योगले त्रिशक्ति ब्राण्डमा ‌ओपिस र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर अनुसार अघुलनशील पदार्थ नरहेको बताउँदै एक महिनाका लागि एनएस स्थगन गरेको बताए। यो उद्योगका संचालक बाबुलाल चाचान हुन्।
 
विभागले  नारायणी माइक्रो पाइप उद्योगले उत्पादन गर्ने एचडीपीर्इ पाइपको समेत एनएस स्थगन गरेको छ।नेपाल गुणस्तरको बर्खिलाप हुने गरि प्लास्टिकको सेतो दाना प्रयोग गरेको विभागको ठहर छ।

विभागले नवनेपाल प्लास्टिक प्रालिले उत्पादन गरेको एचडिपीर्इ पाइपको एनएस इजाजत स्थगन गरेको छ। यो उद्योगले समेत पाइप उत्पादन गर्दा सेतो दाना प्रयोग गरेको थियो। विभागले ओइट फूड एण्ड वेभरेजले उत्पादन गरेको पोट्याटो क्रयाकरले एनएस चिन्हको अनुचित प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell