काठमाडौँ : आइपीएल, आइसीसी वर्ल्ड-११ र ग्लोबल टी-२० क्यानडापछि नेपाली युवा स्टार सन्दीप लामिछानेले अब क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो बलिङ जादु देखाउँछन्।
वेष्टइन्डिजमा हुने सीपीएल अन्तर्गत आज रातीको दोस्रो खेलमा सन्दीप सम्मिलित सेन्ट किट्स एण्ड प्याट्रिओट्सले गुएना अमेजन वारियर्ससँग खेल्दैछ।
सन्दीप रहेको टिमको कप्तानी टी-२० का लेजेण्ड क्रिस गेलले गर्दैछन्। यस्तै उक्त टिममा एभिन लेविस, कार्लोस ब्रेतवेइटे, बेन कटिङ, मोहमदुल्ला, एन्टोन डेभसिस खेलाडी छन्।
यी दुई टीमबीचको खेल गुएनाको घरेलु मैदान प्रोभिडेन्स स्टेडियममा नेपाली समयअनुसार शुक्रवार बिहान ३:४५ बजे हुँदैछ।
पछिल्लो समयम सन्दीपले खेलेको टी-२० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यसैले गर्दा सन्दीपलाई एसकेएन प्याट्रिओट्सले ५ हजार डलरमा अनुबन्ध गरेको हो।
सन्दीपले सीपीएलमा सुरुको ५ खेल मात्र खेल्न पाउने छन्। यही अगष्ट अन्तिममा नेपालले मलेसियामा हुने एसिया कप छनोट खेल्ने भएकोले सन्दीप नेपाली टिममा सहभागि हुन आउनेछ।
Getting ready for the biggest party in sport. @CPL @sknpatriots !! pic.twitter.com/b1de1lz9bf
— Sandeep Lamichhane (@IamSandeep25) August 6, 2018