PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

शरद भेषावकर : टिममा नपर्दा निराश छु, एसिया कप छनोटमा नेपाललाई घरबाटै समर्थन



पहिलोपोस्ट

शरद भेषावकर : टिममा नपर्दा निराश छु, एसिया कप छनोटमा नेपाललाई घरबाटै समर्थन

काठमाडौँ: नेपाली क्रिकेट टिममा फिनिसरको उपनाम पाएका ब्याट्म्यान शरद भेषावकर एसिया कप छनोट खेल्ने नेपाली टिममा परेनन्। नेदरल्याण्ड्स विरुद्ध ओडिआई खेल्ने क्रममा औँलामा चोट लागेपछि उनले अझै ४ साता विश्राम लिनुपर्ने भएको छन्। पहिलो ओडिआई खेल्ने क्रममा घाइते भएका शरदले दोस्रो ओडिआई भने खेलेनन्।

त्यसैका कारण उनलाई एसिया कप छनोका लागि नेपालको प्रारम्भिक सूचीमै राखिकएन। नेपालले खेलेको पहिलो ओडिआईमा नेदरल्याण्ड्स विरुद्ध खेलेका शरदले दोस्रो खेल चोटकै कारण गुमाएका थिए।

बिहीवार एसिया कपको लागि १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।
 

शरदले सामाजिक सञ्जालमार्फत एसियन कप छनोट खेल्ने टिममा नपर्दा निराश भएको लेखेका छन्। धेरै मेहनत गर्दा पनि एसियन कप छनोट गुमाउँदा निराछ छ। टिम नेपालको लागि सँधै प्रार्थना र शक्ति छ। टिमलाई घरबाटै समर्थन गर्नेछु।

यसअघि गत वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको छैटौँ चरणको खेलमा पनि स्वास्थ्य समस्याका कारण शरदले खेलेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell