PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने



पहिलोपोस्ट

बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने
२०१६ को च्याम्पियन नेपाली टिम, फाइल फोटो

काठमाडौँ : बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ आगामी अक्टोबर १ देखि आयोजना हुने भएको छ।

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता हुने र अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्।

बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिक स्टेडियममा हुनेछ।

यसअघि नै बंगलादेश फुटबल फेडेरेसनको गत बिहीवार बसेको एक्जुकेटिभ कमिटिले अगष्ट १ देखि १५ सम्म प्रतियोगिता गर्ने निर्णय गरको थियो।

नेपालले सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। सन् १९९६ मा पहिलो पटक आयोजना भएको बंगबन्धु गोल्डकप अहिलेसम्म जम्मा ४ पटक मात्र भएको छ।

 

हाल नेपाली टोली उही अगष्ट १४ बाट इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा छ। यस्तै नेपालले सेप्टेम्वरमा बंगलादेशमै हुने साफ सुजुकी कप फुटबल पनि खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell