PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

सीपीएल डेब्युमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, गुएना अमेजनविरुद्ध लिए २ विकेट



पहिलोपोस्ट

सीपीएल डेब्युमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, गुएना अमेजनविरुद्ध लिए २ विकेट

काठमाडौँ: नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।

क्रिस गेलको कप्तानीमा रहेको सेन्ट नेभिस एण्ड प्याट्रिसबाट खेलेका सन्दीपले गुएना अमेजन वारियर्सविरुद्ध बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिए।

उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन कटिङको हातबाट क्याचआउट गराउँदै शानदार सुरुवात गरे।

पहिलो ओभरमा सन्दीपले ३ रन खर्चेर १ विकेट लिए।

दोस्रो ओभरमा १ रन मात्र खर्चेका सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन दिए। खेलको दशौँ ओभरमै आफ्नो चौथो ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले अर्को विकेट पनि लिए।

उनले उक्त ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए। आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिए

सेन्ट किट्स एण्ड प्याट्रिओट्सको लागि डेब्यु खेलमै सन्दीपले २ विकेट लिए।

४ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेर २ विकेट लिएका हुन्। उक्त खेल भने गुएना अमेजनले ६ विकेटले जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell