
काठमाडौँ : सागर पुन नेपालका अलराउण्डर। राष्ट्रिय टिममा लगातार खराब प्रदर्शनपछि गत फेब्रुअरीमा नामिबियामा भएको आइसीसी डब्लुसिएल डिभिजन टू यता उनी नेपाली राष्ट्रिय टोली भन्दा बाहिर छन्।
अगष्ट अन्तिम साताबाट मलेसियामा सुरु हुने एसिया कप छनोटका लागि क्याम्पमा बोलाइएको १९ सदस्यी सूचीमा सागरले यस पटक पुनरागमन गरेका छन्।
राष्ट्रिय टिमका भेट्रान स्पिनर शक्ति गौचनको सन्यास तथा चोटका कारण शरद भेषावरकर टिमबाट बाहिरिनुले सागरको लागि पुन: राष्ट्रिय टिमको ढोका खुलेको छ।
र त्यसका लागि सागर स्वयंले आफ्नो प्रदर्शन सुधार गरिरहेका छन्।
मलेसियामै हुने एसिया कप छनोटका लागि अन्तिम टोलीमा स्थान बनाउन सागरको लागि उपयुक्त अवसर समेत छ। हाल सागर मलेसियामा मलेसियन प्रिमियर लिग (एमपीएल) खेलिरहेका छन्।
क्वाला लम्पुर टिमबाट खेलिरहेका लिग चरणको ८ खेलमा सागरले एक शतक सहित सर्वाधिक रन (३३८) बनाएका थिए। सेलेङ्गार विरुद्धको लिग खेलमा सागरले १०९ रन प्रहार गरेका थिए।
अहिले सागरको टिमले पहिलो सेमिफाइनल खेलिरहेका छन्। यो समाचार तयार पार्दासम्म सागरले ९४ बल खेल्दै ६९ रन बनाइसकेका छन्।
यस्तै बलिङमा ९ विकेट लिइसकेका सागर सर्वाधिक विकेट लिनेको सूचीमा ११औँ नम्बरमा छन्। उनले युनिभर्सिटी केबान्गसानसँगको खेलमा सर्वाधिक ४ विकेट लिएका थिए।
सागर र आसिफ
एमपीएलमा सागर खेलेकै क्लबबाट खेलिरहेका नेपालका युवा विकेटकिपर आसिफ शेखले पनि राम्रो प्ररद्शन गरिरहेका छन्। उनले हालसम्म १३६ रन बनाएका छन् भने विकेटपछाडी बसेर १० क्याच लिइसकेका छन्।
अहिले भइरहेको खेल लाइभ हेर्नुस्: