PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फ्राइडे रिलिजमा तीन नेपाली फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

काठमाडौं : यस साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म रहेका छन्। ‘कहीँ कतै’, 'टिनएज' र 'प्रिरिम पर्‍या छन्' प्रदर्शनमा आएका फिल्महरु हुन्।

फिल्म ‘कहीँ कतै’मा नवकलाकार सोनम बरफुङ्पा र शिवानी गिरीको मुख्य अभिनय छ। फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा सोनम र शिवानीसँगै दीलिप रायमाझी, किशोर खतिवडा, उमा बेबी लगायतको अभिनय छ।
फिल्ममा बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन्।  

फिल्म 'टिनएज' लाई दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। फिल्ममा नयाँ कलाकारको बाहुल्यता देख्न सकिन्छ। फिल्ममा  सरोज शाह, एन्जिला खड्गी, कृष्ण सिवाकोटी लयागतको अभिनय रहेको छ।

त्यस्तै यो साता नै प्रदर्शनमा आएको अर्को फिल्म हो 'प्रिरिम पर्‍या छन्'। पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा दीलिप रायमाझी,जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत लगायतको अभिनय छ। फिल्ममा विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द रहेको छ।

यस साता बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन। हलिउड फिल्म भने प्रदर्शनमा आएको छ। एक्सन जनरामा बनेको 'द मेग' प्रदर्शनमा आएको हो। जोन टर्नेलटवको निर्देशनमा बनेको फिल्ममा जेसन स्टेथम, रुवी रोज लगायतको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell