काठमाडौं : फिल्म 'छिरिङ'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'तिमीले त मायामा' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।
फिल्ममा दुई गायक निमा रुम्बा र यशकुमारको अभिनय रहेको छ। गीतमा यशकुमार संगीत, शब्द र स्वर रहेको छ। विन्दु परियारले पनि गीतमा स्वर दिएकी छिन्। कामना भुजेलले यसै फिल्म मार्फत डेब्यू गरेकी हुन्।
निमाले कागबेनीपछि गरेको फिल्म हो। फिल्ममा दुई पति भएकी एक युवतीको कथा समेटिएको छ। यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन्।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र यम थापासँग मिलेर लेखेका हुन्। फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ। असोज १२ गतेदेखी प्रदर्शनमा आउनेछ।