PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिको अवस्था स्थिर



रासस

साहित्यकार तथा संचारकर्मी दाहाल यज्ञनिधिको अवस्था स्थिर
फोटो : उनकै फेसबुकबाट

काठमाडौं : साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

मस्तिष्कघात भएपछि यज्ञनिधिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। दुई दशकअघि यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधवार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको हो। 

चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell