PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

एलिनाको संगीत झुकाव



पहिलोपोस्ट

एलिनाको संगीत झुकाव

काठमाडौं : एलिना बिष्ट जापानमा पढ्दै छिन्। जापानमा बसे पनि नेपालको गीत संगीत सुन्न भुलेकी छैनन्। संगीतमा उनको रुची सानैदेखीको हो।

विदाको समय मिलाएर नेपालमा गीत रेकर्ड गर्न आइपुग्छिन्। हालै उनले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन्। यसअघि उनले दुई गीत सार्वजनिक गरेकी थिइन्।

उनको स्वरमा 'छोएर मलाइ' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ। सन्तोष पोख्रेलको शब्द रहेको गीतको भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell