
काठमाडौँ : नेपालले आगामी नोभेम्वर १४ मा अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्रवक्ता किरण राईले शुक्रवार भएको पत्रकार सम्मेलनमा नेपालले र अफगानिस्तानबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए। 'नोभेम्वर १४ मा काठमाडौँमै नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण फुटबल हुनेछ।'
एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहाकार नविन पाण्डेको पहलमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुन लागेको राईले बताए।
अफगानिस्तानले सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिप जितेको थियो। त्यसको ५ वर्षपछि अफगानिस्तान नेपाल आउने भएको हो।