PahiloPost

Jul 4, 2025 | २० असार २०८२

'ननरेलिगेसन लिगबारे पुनर्विचार हुँदैन'



पहिलोपोस्ट

'ननरेलिगेसन लिगबारे पुनर्विचार हुँदैन'

काठमाडौँ : अखिल नेपाल फुटल संघ (एन्फा) को नयाँ कार्यसमिति निर्वाचित भएको ३ महिनापछि एन्फाले औपचारिक रुपमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। साथै आगामी दिनमा हुने/गरिने कार्य पनि सार्वजनिक गरेको छ।

शुक्रवार एन्फा कम्प्लेक्स सातोबाटोमा एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईको उपस्थितमा एन्फा सुचना समितिले कार्यक्रम गरेको हो।

गत वैशाख २२ गत कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फाले ए डिभिजन लिग को मिति तोक्नका साथै यही साउन ३० गते विशेष साधारण सभा गर्ने निर्णय गरिसकेको छ।

वैशाख २४ गते एन्फाको पहिलो बैठक बस्दै ए डिभिजन लिग लगायत विभिन्न विषयमा छलफल गर्दै निर्णय गरेको थियो।

एन्फा प्रवक्ता किरण राईले यो तीन महिनाको अवधीलाई उपलब्धी मुलुक भएको बताएका छन्। प्रवक्ता राईले यस बीचमा राष्ट्रिय स्तरमा ललित स्मृति यू-१६ च्याम्पियनप, एन्फा कप इन्टर स्कुल फुटबल, उपराष्ट्रपति महिला लिग र उपराष्ट्रपति महिला राष्ट्रिय लिगको साथै राष्ट्रिय रेफ्री कोर्स सम्पन्न गरेको बताए।

यस्तै एन्फाले साउन ३० गते चितवनमा विशेष साधारण सभा गर्ने र त्यसमा विधानमा केही परिमार्जन गरिने समेत राईले जानकारी दिए।

एन्फाको यसअघिकै बैठकले ए डिभिजन लिग असोज १३ गतेबाट गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटि समेत निर्माण गर्दै काम अगाडी बढाइसकेको छ। तर पहिलो पटक रेलिगेसन बिनाको लिग हुने भएको छ।

एन्फा प्रवक्ता राईले यस पटक मात्र मा रेलिगेसनको बिनाको लिग गर्न लागेको र फिफादेखि एएफसी पनि यसमा सकरात्मक रहेको बताए।

'४ वर्ष देखि लिग भएको छैन। कम्तीमा पनि लिग हुन लागेकोमा हामी सकरात्मक हुनुपर्छ। यस पटक रेलिगेसन नभए पनि लिगलाई कसरी व्यवस्थित बनाएर लैजाने भ्नने विषयमा हामी गृहकार्य गरिरहेका छौँ।'

उनले रेलिगेसन बिनाको लिगबारे पुनर्विचार गर्न नसकिने बताए। 'हामीलाई झारो टार्न लागेको, विकृती फैलाउन लागेको भन्ने आरोप पनि लाग्ने गरेको छ। त्यो आशंकालाई निवारण गर्नतर्फ हामी गृहकार्य गरिरहेका छौँ। लिग कमिटिले पनि तयारी गरिरहेको छ।'

यस्तै नेपालले ९ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने समेत राईले बताए। पुरुष राष्ट्रिय टोली हाल एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्याण्डमा छ। त्यहाँबाटै नेपाल यू-२३ टिम इन्डोनेसिया जानेछ।

यू-१५ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली हाल भुटानमा छ। यस्तै पुरुष टिमले सेप्टेम्वरमा बैगलादेशमा हुने साफ च्याम्पियनप खेल्नेछ।

काठमाडौँमा असोज ३ देखि ७ सम्म एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट हुँदैछ। जसको आयोजना एन्फाले गर्नेछ।

नेपाली यू-१८ टोलीले असोज ४ देखि १४ सम्म भारतको आग्रामा हुने ४६औँ एसियन स्कुल फुटबल प्रतियोगिता खेल्नेछ।

भुटानमै हुने साफ यू-१८ महिला च्याम्पियनसिपमा पनि नेपालले खेल्नेछ। कार्तिक ८ देखि १४ सम्म एन्फाले काठमाडौँमा साफ यू-१५ ब्वाइज च्याम्पियनसिप आयोजना गर्नेछ।

नेपालले थाइल्याण्डमा असोज ३१ देखि कात्तिक ७ सम्म हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप पनि खेल्नेछ। यस्तै कात्तिक २२ देखि २७ सम्म हुने २०२०० ओलम्पि क्वालिफायर्समा पनि नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्नेछ।

 

राजुकाजीलाई बर्खास्त गरेको होइन, मिसअन्डरस्ट्याण्डिङ भएको हो

एन्फा प्रवक्ता राईले राजुकाजी शाक्यलाई राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्त गरिएको नभई उनको स्थानमा बालगोपाललाई राखेको प्रष्ट पारे।

'हामीले राजुकाजीलाई बर्खास्त गरेका होइनौँ। बीचमा फुटबलका गतिविधि थिएन। एसियन कप तयारीका लागि हामीले बालगोपाललाई जिम्मा दिएका हौँ। राजुकाजी पनि आउन छाड्नुभयो। तर हामीले हटाएको होइन।'

राईले राजुकाजीलाई हिझै पत्र पठाएको र आज छलफल भइसकेको समेत बताए।

'यस अगाडी दुवै पक्षबीच कम्युनिकेसन ग्याप भएको थियो र केही मिसअन्डरस्ट्याण्डिङ भयो। आज हामी दुवै पक्ष बसेर छलफल गर्‍यौँ। यसअघि भएको मिसअन्डरस्टाण्डिङलाई समाधान गर्दै काम गर्ने र दुवै पक्ष मिलेर आगामी दिनमा ग्याप कम गर्ने निर्णय भएको छ।'

 

नविन पाण्डे विदेशी होइन, एनआरएन हो

रसियामा भएको फिफा कंग्रेसमा प्रतिनिधको रुपमा भाग लिएका एन्फाको अन्तर्राष्ट्रिय सल्लाहकर नविन पाण्डे विदेशी नागरिक नभई एनआरएन भएको राईले बताए।

विदेशी नागरिकलाई किन फिफा कग्रेसमा पठाइयो भन्ने प्रशनमा राईले भने, 'एन्फाको पहिलो बैठकबाट उनलाई अन्तर्राष्ट्रिय सल्लाहाकार नियुक्त गरियो साथै अध्यक्ष र महासिचव सहित उनला२ पनि फा कंगरेसमा पठाउने निर्णय भएको हो। पाण्डे विदेशी नागरिक भन्दा पनि उनी एनबरएन हुन्। राईले भने। हामीले पाण्डेलाई नेपालको फाइदाकै निम्ती पठाएका हौँ। उनी रसिया गएर कुनै घाटा भएको जस्तो लाग्दैन।'

'फुटबलमा सर्टेन बाउन्ड्री हुन्छ तर फुटबल बाउन्ड्रीलेस पनि छ।'

'अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने विषयमा पनि पाण्डेको महत्वपूर्ण भूमिका छ।' राईले भने।

'हामीले एन्फाको अध्यक्ष नै गएपछि पाण्डेलाई सहायक भूमिकामा पठाएका हौँ। त्यसबाट केही घाटा भएको छैन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell