
काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा रहेको नेपालले दोस्रो मैत्रीपूर्ण खेल पनि हारेको छ। नेपाली राष्ट्रिय फुटबल टोली थाई यू-२३ टोलीसँग ४-० ले पराजित भएको हो।
शुक्रवार थाइल्याण्डको बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा भएको खेलमा नेपाल थाई युवा टोली सामु निरिह बन्यो।
पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा ३ गोल खायो।
नेपालको यू-२३ टोली पहिलो खेलमा थाइल्याण्डको थाई लिग वान क्लब पुलिस तेरो एफसीको बी टिमसँग १-० ले पराजित भएको थियो।
नेपाली यू-२३ फुटबल टोली थाइल्याण्डबाटै एसियन गेम्समा सहभागिता जनाउन इन्डोनेसिया प्रस्थान गर्नेछ। यही अगष्ट १४ देखि सुरु हुने फुटबलतर्फ नेपाल समह डी मा छ। समूह चरणमा नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ।