PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सधैंका लागि दाहाल यज्ञनिधिको जदौ, मस्तिस्कघातका कारण निधन



पहिलोपोस्ट

सधैंका लागि दाहाल यज्ञनिधिको जदौ, मस्तिस्कघातका कारण निधन

काठमाडौं : रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रम साहित्य संसारका स्रोताले सुन्ने एउटा साहित्यिक स्वरसँग जदौ जोडिन्थ्यो। दाहाल यज्ञनिधिको त्यो साहित्यिक कार्यक्रमबाट उनको आवाज विलिन भएको पनि लामै समय भइसकेको छ। जदौ भन्दै सम्बोधन गर्ने साहित्यकार दाहाल यज्ञनिधि जीवनबाट अब जदौ भएका छन्। उनका आवाज अब रेडियोमा गुन्जिने छैन। आज साँझ उनको निधन भएको हो। 

किड्नीको समस्याबाट लामो समयदेखि पीडित रहँदै आएका यज्ञनिधिलाई मस्तिस्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो। आजै उनलाई सुमेरु अस्पताल लगिएको थियो। ६५ वर्षीय उनको आज निधन भएको हो।  

दुई दशकअघि मृगौला प्रत्यारोपणपछि पनि सञ्चारकर्म र साहित्यमा सक्रिय उनी डायलासिसकै क्रममा बेहोस भएका थिए। उनको अनामनगरमा रहेको 'दाहालको दैलो' पत्रकार र साहित्यकारको केन्द्रका रुपमा रहँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell