PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बार्सिलोनाको नयाँ कप्तानमा मेसी



पहिलोपोस्ट

बार्सिलोनाको नयाँ कप्तानमा मेसी

स्पानिस जायन्ट बार्सिलोनाको नयाँ कप्तानमा अर्जेन्टाइन लियोनल मेसी नियुक्त भएका छन्।

बार्सिलोनाले शुक्रवार नयाँ सिजनका लागि कप्तान चयन गर्ने क्रममा मेसीलाई पहिलो कप्तानको जिम्मेवारी दिएको जनाएको छ।

गत सिजनका कप्तान आन्द्रे इनेष्टाले क्लब छाडेपछि मेसी नयाँ कप्तान बनेका हुन्।

३१ वर्षीय स्टार मेसी अर्जेन्टिनाको राष्ट्रिय टिमको समेत कप्तान हुन्।

बार्सिलोनाका लागि डेढ दशक भन्दा बढी समय खेलिसकेका मेसीले क्लबका लागि सबै उपाधि जितसकेका छन् भने बार्सिलोनाको सर्वाधिक गोलकर्ता समेत हुन्।

मेसीसँगै बार्सिलोनाको ला मासिया एकेडेमीबाट करियर सुरु गरेका अन्य तीन खेलाडीलाई पनि डेपुटी कप्तानको रुपमा चयन गरिएको छ। जसअनुसार मिडफिल्डर सर्जियो बुस्केट दोस्रो, डिफेण्डर जेरार्ड पिकेट तेस्रो तथा सर्जी रोबर्टो चौथो कप्तानको रुपमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell