
प्रिमियर लिग २०१८-१९ को सिजनको पहिलो खेलमै म्यानचेष्टर युनाइटेडले ३ अंक जोडेको छ।
कार्यवाहक कप्तान पउल पोग्वा र डिफेण्डर लुक शाले गोल गरेपछि युनाइटेडले गएराती भएको खेलमा लेस्टर सिटीलाई २-१ ले हरायो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको तेस्रो मिनेटमै पोग्वाले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। दोस्रो मिनेटमै लेस्टमार ड्यानिएल अमार्टीले डि एरियाभित्र बल ह्याण्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।
पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडका लागि शाले ८३औँ मिनेटमा गोल थपे। उनले हुवाँ माटाको पासमा गोल गर्दै अग्रता दोब्बर पारे। युनाइटेडको लागि उनको उो पहिलो लिग गोल हो।
Man Utd 2-1 Leicester. Luke Shaw registered his first senior goal in his 104th #PL match #MUNLEI pic.twitter.com/TUVwYfrYMN
— Premier League (@premierleague) August 10, 2018
लेस्टरका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जेमी भार्डीले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए।
लिग अन्तर्गत ६ खेल हुँदैछ। जसमा टोटनहमले न्युकासलसँग तथा चेल्सीले हडर्शफिल्ड सँग खेल्नेछ।