PahiloPost

May 16, 2026 | २ जेठ २०८३

फ्रेन्च लिग : सिजनको पहिलो खेलमै भिएआरको प्रयोग, मार्से ४-० ले विजयी



पहिलोपोस्ट

फ्रेन्च लिग : सिजनको पहिलो खेलमै भिएआरको प्रयोग, मार्से ४-० ले विजयी

फ्रेन्च लिग वान अन्तर्गत नयाँ सिजनको पहिलो खेलमै भिएआर प्रविधि प्रयोग भएको छ। भिएआरको मद्दतमा फ्रेन्च लिगमा मार्सेका दिमित्री पायटले पहिलो गोल गरे।

पायटकै दुई गोल मद्दतमा मार्सले सिजनको पहिलो खेलमा टुलुसलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

घरेलु मैदानमा पायटले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमार्फत पहिलो गोल गरे। रेफ्रीले सुरुमा टुलुसका खेलाडीले बल बाहिर हानेको भन्दै कर्नर दिएका थिए। पछि भिआरमार्फत उक्त बल ह्याण्ड देखिपछि मार्सेले पेनाल्टी पाएको थियो। जसमा पायटले गोल गरे।

दोस्रो हाफमा मार्सेले ३ गोल थप्यो।  पायटले ६२औँ मिनेटमा दोस्रो गोल गरे। ८९औँ मिनेटमा भालेरे जर्मेन तथा इन्जुरी टाइममा फ्लोरिन थोउभिनले गोल गर्दै मार्सेलाई फरिकलो जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell