PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे डा केसी



पहिलोपोस्ट

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे डा केसी
File Photo

काठमाडौँ : चिकित्सक गोविन्द केसी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। आफ्नो १५ औँ अनसनका क्रममा सरकारसँग भएका सम्झौताको कार्यान्वयनको अवस्था बुझ्नका लागि चिकित्सक केसी शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच वान अन वान वार्ता भएको छ। स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनसन जुम्लाबाट सुरु गरेका थिए। २७ दिन पछि सरकारसँग भएको सहमति अनुसार उनले अनसन तोडेका थिए। 

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने मागसहित अनसन बसेका केसीसँग सरकारले केसीको मागबमोजिम संशोधन प्रस्ताव दर्ता गर्ने सहमति गरेको थियो। सोही अनुसार संशोधन दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell