काठमाडौं: राजधानीमा गहना तथा सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले ३२ वर्षीय सबिर मगर र २६ वर्षीय सेलेष्टि मगरलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
उनीहरूले गत बुधवार दिउँसो करिब १ बजेतिर नरदेवीबाट सुन सिक्री लुटेर फरार भएको प्रहरीमा उजुरी परेको थियो। उनीहरूको साथबाट प्रहरीले सिक्री तथा ६० ग्राम चरेससमेत बरामद गरेको हो।