PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रधानमन्त्रीले १६ औं पटक अनशन बस्‍न पर्दैन भन्नुभएको छ : गोविन्द केसी



सविन ढकाल

प्रधानमन्त्रीले १६ औं पटक अनशन बस्‍न पर्दैन भन्नुभएको छ : गोविन्द केसी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्राध्यापक डाक्टर गोविन्द केसीबीच शनिवार प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको छ। 

सरकारले डाक्टर केसीसँग गरेको सम्झैताको विषयमा छलफल भएको हो। छलफलमा सरकारले गरेको सम्झौता अक्षरस पालना नभए फेरि पनि १६ ‌औं पटक अनशन बस्ने केसीले चेतावनी दिएका हुन्। 

पहिलोपोस्टसँगको कुराकानीमा केसीले भने, 'प्रधानमन्त्रीलाई हामीसँग भएको सम्झैताको विषयमा सम्झाउन गएको थिएँ। चिकित्सा शिक्षा विधेयक आउनुपर्ने र भएको सम्झौता अक्षरस पालना नगरे फेरि सत्याग्रह गर्ने कुरा सम्झाएर आएको छु।'

स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशन जुम्लाबाट सुरु गरेका थिए। २७ दिन पछि सरकारसँग भएको सहमति अनुसार उनले अनसन तोडेका थिए। भेटमा प्रधानमन्त्री ओलीले १६ ‍औं अनशन बस्नु नपर्ने आश्वासन दिएको डाक्टर केसीले बताए। 

'उहाँले धेरैबेर कुरा गर्नुभयो। १६ ‍औं पटक अनशन बस्नु पर्दैन भन्नुभएको छ हेरौं,' केसीले भने।

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने मागसहित अनशन बसेका केसीसँग सरकारले उनकै मागबमोजिम संशोधन प्रस्ताव दर्ता गर्ने सहमति गरेको थियो। सोही अनुसार संशोधन दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell