PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नरदेवीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ



पहिलोपोस्ट

नरदेवीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं: अवैध लागुऔषधिको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत जनसेवाको टोलीले बिहीबार नरदेवीबाट ललितपुर इमाडोल घर भएका ३५ वर्षीय अमूल्य प्रधान र  जुम्ला तातोपानी गाउँपालिका घर भएका २४ वर्षीय मनोज कार्कीलाई पक्राउ गरेको हो।

शंका लागेर जाँच गर्ने क्रममा प्रधानले बोकेको कालो झोलामा ९ ग्राम ब्राउन सुगर  फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले बताए। प्रधानको झोलाबाट प्रहरीले ८५ हजार पाँच सय रुपैयाँसमेत बरामद गरेको हो।

उनीहरू लागु औषधिको कारोबारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell