PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

छ स्थानीय तहको केन्द्र परिवर्तन, कुन पुगे कहाँ?



रासस

छ स्थानीय तहको केन्द्र परिवर्तन, कुन पुगे कहाँ?

काठमाडौं : सरकारले छ वटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ। 

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत प्राप्त भए बमोजिम गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले बताए। 

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुड्लीबाट कालिकामाई–३ हरिहरपुर विर्ता र विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा–५ कायम गरिएको छ। धादिङको थाक्रे गाउँपालिकाको केन्द्र साविक थाक्रे गाविसको कार्यालयबाट थाक्रे–६ महादेवबेँसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र साविक खरकडा गाविसको कार्यालयबाट वडा नं ४ रातमाटा कायम गरिएको छ। 

यस्तै जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell