PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

कम्बोडियामा प्रधानमन्त्रीकै दललाई प्रचण्ड बहुमत



पहिलोपोस्ट

नोम्पेन्ह : कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ।

गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ।

गएको जुलाई २९ मा सम्पन्न भएको आमनिर्वाचनको परिणाम शनिबार मात्र सार्वजनिक भएको हो। यो परिणामलाई यहाँको निर्वाचन आयोगले औपचारिकता दिन भने बाँकी नै छ।  

सो निर्वाचनमा २० ओटा राजनीतिक दलले प्रतिश्पर्धा गरेका बताइएको थियो। ती दलमध्ये उक्त सिपीपीले नै बहुमत ल्याएको हो।

कम्बोडियाको राष्ट्रिय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको परिणामअनुसार प्रधानमन्त्री हुन सेनको दल सिपीपीले ४८ लाख आठ हजार मत प्राप्त गरेको छ।

यो मत कम्बोडियाली संसदीय निर्वाचनमा खसेको सदर मतको ७६.८४ प्रतिशत हुन आउँछ। यो दुई तिहाई भन्दा पनि बढी हो।

उता राजकुमार नरोदम रनारिधको फनसिनपेकको दलले भने जम्मा तीन लाख ७४ हजार अर्थात ५.८८ प्रतिशत मत मात्र प्राप्त गरेको छ।

यो नै कम्बोडियाको यो पछिल्लो निर्वाचनमा निकटतम मत ल्याउने प्रमुख प्रतिपक्षी दल हो। त्यसपछि मत ल्याउने अर्को दलको मत ४.८६ प्रतिशत मात्र हो।

यहाँको निर्वाचन आयोगले यस निर्वाचनको औपचारिक परिणाम भने यही अगष्ट १५ मा सार्वजनिक गरिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ।

यहाँको संसदका १२५ स्थानमध्ये सबै सिटमा नै उक्त दलले जित हासिल गरेको छ। सत्तारुढ दलले नै सबै सिटमा जित हासिल गरेको अनौपचारिक परिणाम आएपछि विपक्षी दलको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

प्रधानमन्त्री हुन सेन ६७ वर्षका छन्। उनी कम्बोडियामा गएको ३३ वर्षदेखि निरन्तररुपमा सत्तामा छन्।

अब यो परिणामपछि पनि आगामी पाँच वर्षका लागि उनले देशको कार्यकारी प्रमुखको नेतृत्व गर्ने निश्चित भएको छ।

प्रधानमन्त्री हुन सेनले केही हप्तामात्र अघि आगामी सेप्टेम्बर महिनाको ५ तारिखमा नयाँ संसद् बन्ने र नयाँ संसद्ले आगामी नयाँ सरकार निर्माणका लागि मतदान गर्नेछ भनी सार्वजनिक गरेका थिए।
एपी/रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell