PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

'पहिलो महिला शंकराचार्य' ले भेट्न पाइनन् राष्ट्रपति र प्रधानमन्त्री, पुगिन् रिपोटर्स क्लब



पहिलोपोस्ट

'पहिलो महिला शंकराचार्य' ले भेट्न पाइनन् राष्ट्रपति र प्रधानमन्त्री, पुगिन् रिपोटर्स क्लब

काठमाडौं : पहिलो महिला जगतगुरु शंकराचार्य भन्दै चर्चामा आएकी हेमानन्द गिरीले आफूलाई सरकारले साथ नदिएको भन्दै पत्रकार सम्मेलन गरेकी छिन्। उनले सबै आफूविरुद्ध उभिएको दावीसमेत गरिन्।

अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वर्ल्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरेको भनिएकी हेमानन्द गिरीले आफ्नाबारे गलत प्रचार भइरहेकोमा आपत्ति जनाइन्। 

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषिद शंकराचार्य गिरीले केही गतल मानसिकता भएका कथा वाचकहरुले आफ्नाबारे नकारात्मक प्रचार गरेर बद्नाम गर्न खोजेको आरोप लगाइन्।
 
वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरुले नारीहरुलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्, ‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्रि ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ।’

आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि भेट सम्भव नभएको उनको गुनासो छ। उनले थपिन्, ‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखेँ। उहाँले पनि प्रमाणपत्र माग्नुभयो तर कुनै जवाफ दिनुभएन। पशुपतिनाथको परिसरमा भदौ ८ गते शंकराचार्यको क्षत्रि ओड्ने भनेर सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो। तर, त्यसलाई पनि प्रभावित पार्ने काम भयो।’

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिने भाइलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनु भनेर धम्क्याउने काम गरेको उनको दावी थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell