PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साफ यू-१५ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ४-० ले हराउँदै नेपाल सेमिफाइनलमा



पहिलोपोस्ट

साफ यू-१५ महिला च्याम्पियनसिप : पाकिस्तानलाई ४-० ले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ : भुटानमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल यू-१५ एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ।

भुटानको थिम्पुस्थित चाङलिमियाथाङ मैदानमा नेपाल यू-१५ ले पाकिस्तान यू-१५ लाई ४-० ले पराजित गरेको छ।

नेपालको जितमा सविता राना मगरले २ तथा अनुस्का शर्मा र रजनी थोकरले १-१ गोल गरे। समूह बी मा जितपछि नेपालले ३ अंक जोडेको छ।

नेपालसँग हारेपछि पहिलो पटक सहभागिता जनाएको पाकिस्तानले लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको छ।

नेपाल र साविक विजेता बंगलादेश एक खेल खेल्नुअघि नै सेमिफाइनल पुगेका छन्। बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell