PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : हडर्शफिल्डको पोष्टमा चेल्सीको ३ गोल



पहिलोपोस्ट

प्रिमियर लिग : हडर्शफिल्डको पोष्टमा चेल्सीको ३ गोल

प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा चेल्सीले हडर्शफिल्ड टाउनलाई ३-० ले पराजित गरेको छ। चेल्सीको सहज जितमा यसै सिजन क्लब भित्रिएका जर्जिन्होले पनि गोल गरे।

नयाँ प्रशिक्षक सार्रीको पहिलो प्रिमियर लिग खेलमा चेल्सीले प्रभावशाली प्रदर्शन गर्‍यो।

नयाँ खेलाडीद्वय गोलकिपर केपा र मिडफिल्डर जर्जिन्होले पिन प्रिमियर लिगमा डेब्यु गर्दै जित हात पारे।

चेल्सीका लागि एन गोलो कान्टे र पेड्रो रोड्रिगेजले पनि १-१ गोल गरे।

प्रिमियर लिगकै अन्य खेलमा एएफसी बर्नमाउथले कार्डिफ सिटीलाई, वाटफोर्डले ब्राइटनलाई तथा क्रिस्टल प्यालेसले फुलहमलाई समान २-० को अन्तरमा हरायो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell