PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नोबेल पुरस्कार विजेता लेखक नायपालका निधन



पहिलोपोस्ट

नोबेल पुरस्कार विजेता लेखक नायपालका निधन

नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको ८५ वर्षको उमेरमा निधन भएको छ। नायपालको लण्डनस्थित निवासमा निधन भएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। उनले सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार पाएका थिए।

त्रिनिडाडमा सन् १९३२ मा जन्मिएका नायपालका ३० भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन्। नायपालले सन् १९७१ मा बुकर प्राइज पाएका थिए।

अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपालको पहिलो पुस्तक सन् १९५१ माख प्रकाशित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell