PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सीपीएलको दोस्रो खेलमा सन्दीपको १ विकेट, एसकेएन प्याट्रिओट्सको पहिलो जित



पहिलोपोस्ट

सीपीएलको दोस्रो खेलमा सन्दीपको १ विकेट, एसकेएन प्याट्रिओट्सको पहिलो जित

काठमाठौँ : नेपाली स्टार खेलाडी सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को दोस्रो खेलमा १ विकेट लिएका छन्।

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटका लागि सुरुवाती दुई ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रन मात्र खर्चिएका सन्दीपले पुरा ४ ओभर बलिङ गर्न भने पाएनन्।

उनले आफ्नो पहिलो ओभरमै ट्रिनबागो नाइट राइडर्सका क्रिस लिनलाई आउट गर्दै विकेट मेडन राखेका थिए। आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिए।

तर सन्दीपले आफ्नो तेस्रो ओभर बलिङ गर्न खेलको अन्तिमसम्म कुर्नपर्‍यो। जतिबेला एसकेएन प्याट्रिओट्स जित नजिक पुगिसकेको थियो।

२०औँ बलिङ गरेका सन्दीपले १४ रन खर्चे। कूल ३ ओभर बलिङ गर्दा सन्दीपले १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिए।

उक्त खेल एनकेएस प्याट्रिओट्सले ४२ रनले जित्यो। उसको यो पहिलो जित हो।

प्याट्रिओट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो।

ट्रिनबागोका लागि  केभन कुपरले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए भने डारेन ब्राभोले ४१ तथा कोलिन मनरोले ३५ रन जोडे।

सन्दीपले सीपीएलमा डेब्यु गर्दे पहिलो खेल गुएना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell