PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मोफसलमा 'जय शम्भु', 'ब्ल्याक' र 'मिस्टर भर्जिन'



पहिलोपोस्ट

मोफसलमा 'जय शम्भु', 'ब्ल्याक' र 'मिस्टर भर्जिन'

काठमाडौं : प्रचारका लागि मोफसलमा छन् फिल्म 'जय शम्भु' टिम। शुक्रबार बेलुका टिम पोखरा पुग्यो। टिमले शनिबार बिहान पोखरामा पत्रकार भेटघाटको आयोजना गर्‍यो।  

फिल्मका लाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायतको टिमले त्यहाँ फिल्मबारे जनाकारी दिए। टिमले बुटवलको यात्रा सुरु गरिसकेको छ। त्यससँगै चितवन र हेटौंडा हुँदै काठमाडौं फर्कनेछन्।

पछिल्लो समय फिल्म निर्माण टिम प्रचारका लागि मोफसल जानेक्रम बढ्न थालेको छ। 'जय शम्भु' भाद्र १ बाट प्रदर्शनमा आउने छ। उक्त मितिमा नै प्रदर्शनमा आउने 'ब्ल्याक' र 'मिस्टर भर्जिन' मोफसल प्रचारमा छन्।

फिल्म 'जय शम्भु'लाई रुपेश तामाङले निर्देशन गरेका हुन्। फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिशशाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्ममा प्रशान्त र अनुपसँगै बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा लगायतको अभिनय रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell