PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्पेनका लागि १०२ खेल खेलेर पाँच गोल गरेका डिफेण्डर पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



पहिलोपोस्ट

स्पेनका लागि १०२ खेल खेलेर पाँच गोल गरेका डिफेण्डर पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

स्पानिस डिफेण्डर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१ वर्षिय सेन्टर ब्याक पिकेले स्पेनिस टोलीका लागि सन् २००९ देखि २०१८ सम्म १०२ खेल खेल्दै पाँच गोल समेत गरेका थिए।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधि स्पेनले जित्दा पिके टिममका महत्वपूर्ण सदस्य थिए। उनले सन् २०१२ मा पनि स्पेनलाई युरोकप जिताउन योगदान गरे।

पिकेले गत जुलाईमा रसियामा भएको विश्वकपपछि सन्यास लिने सोच बनाएका भएपनि एक महिनापछि मात्र सन्यास घोषणा गरेका हुन्। विश्वकप पछि सन्यास लिजे उनी दवस्रो स्पानिस खेलाडी हुन्। यसअघि नै मिडफिल्डर आन्द्रेज इनेष्टाले सन्यास लिइसके।

केही दिन अघि मैले लुइस इनरिकेसँग कुरा गरेको थिएँ। उनले मलाई बोलाए र मैले आफ्नो निर्णयको बारेमा उनलाई भनेँ। मैले लामो समयअघि यो निर्णय लिएको हुँ र यस बारेमा राम्रोसँग सोचेको छु। पिकेले शनिवार भने। इनरिके त्यही प्रशिक्षक हुन् जसको प्रशिक्षणमा पिकेले बार्सिलोनामा खेलिसकेका छन्।

स्पेनबाट सन्यास लिएपनि पिकेले बार्सिलोनाबाट भने खेल्ने बताएका छन्। मैले राष्ट्रिय टोलीमा उत्कृष्ट समय बिताएँ, विश्वकप र युरोपियन च्याम्पियनसिप जितेँ, अब बार्साकै लागि पूर्ण ध्यान केन्द्रित गर्दैछु। पिकेले भने। बार्सामा मेरो अझै केही समय बाँकी छ  र त्यमसा म रमाउन गइरहेको छु।

गत सिजन ला लिगा र कोपा डेल रे को उपाधि जितेको बार्सिलोनाले स्पानिस सुपर कपको उपाधिका लागि सेभियासँग खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell