PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पोखरामा 'फाइनप्रिन्ट फिभर'



पहिलोपोस्ट

पोखरामा  'फाइनप्रिन्ट फिभर'

काठमाडौं : फाइनप्रिन्टले भाद्र २ गते पोखरामा 'फाइनप्रिन्ट फिभर' आयोजना गर्ने भएको छ। एकदिने घुम्ती साहित्य उत्सव आयोजना गर्दै आएको प्रकाशन संस्था फाइनप्रिन्टले पोखरामा 'फाइनप्रिन्ट फिभर' गर्ने भएको हो।

पोखरामा हुने उक्त उत्सवले पठन संस्कृति प्रवद्र्धन, लेखक र पाठकबीचको आत्मियता प्रगाढ बनाउने आयोजक टिमले जनाएको छ।

पोखराको उत्सवमा २०७४ सालमा छापेका 'महको म'का लेखक मदनकृष्ण श्रेष्ठ, 'रजगज'का लेखक हरिबहादुर थापा, 'माङ्गेना'का लेखक युग पाठक, 'काठमाडौंमा एक दिन'का लेखिका शिवानी सिंह थारु, 'यार'का लेखक नयनराज पाण्डे सहित लेखक अमर न्यौपाने सहभागी हुनेछन् । उक्त कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क हुने बताइएको छ।

कार्यक्रम सहआयोजक रहेको सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेष्टुरेन्टका प्रबन्ध निर्देशक आर्दशमान श्रेष्ठले लेखकहरुलाई स्वागत गर्न पाउँदा हर्षित रहेको बताए।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell