काठमाडौं : विभिन्न कारण देखाउँदै फिल्मको रिलिज मिति सार्ने काम अब नेपाली फिल्मकर्मीको लागि नयाँ कुरा रहेन। फिल्मको मिति पोस्टपोन्ड र प्रिपोन्डमा गर्नुमा प्राविधिक कारण देखाउँदै आएका छन् फिल्मकर्मी।
फिल्म 'सुश्री सम्पति'को पनि प्रदर्शन मिति सारिएको छ। निर्माण टिमले भाद्र २२ मा प्रदर्शन गर्ने भनिएको फिल्मलाई मङ्सिर २८ मा पुर्याएको हो।
केही समयअघि मात्रै टिमले 'हुकुम' बोलको गीत सार्वजनिक गरेको थियो। पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिका छ। रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्ममा प्रियंका कार्कीको अतिथि भूमिकामा रहेको छ।
निर्देशक सुव्रतले भने 'हामीले भाद्र २२ लाई वितरकहरुसँग कै सल्लाह अनुसार नै रिलिज मिति तय गरेका थियौं। तर केहि प्राविधिक काम पनि पुरा नभएको र वितरकसँगकै आपसी छलफलका कारण हामीले नयाँ रिलिज डेट मङ्सिर २८ लाई तय गरेका छौ।'