PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर



पहिलोपोस्ट

दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर

काठमाडौँ : इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबल सुरु भइसकेको छ।

यसमा नेपाली टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। थाइल्याण्डमा १० दिनको भ्रमणपछि नेपाली टोली आजै जाकार्ता पुग्दैछ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको नेपाल यू-२३ टोलीले समूह डी मा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ।

२० सदस्यीय नेपाली टोलीमा २३ वर्षमाथिका ३ खेलाडी छन्। यू-२३ टोलीमा ३ सिनियर खेलाडी राख्न पाउने नियम छ। त्यसअनुसार नेपाली टोलीमा किरण सहित रोहित चन्द र विशाल राई छन्।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका युवा खेलाडीको बाहुल्य नेपाली टोलीमा छ।

रोहित चन्द २०१४ इन्चोन एसियन गेम्स खेल्दै

चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्सअन्तर्गत फुटबल खेलेका ३ नेपाली खेलाडी यसपटक पनि टोलीमा छन्। मिडफिल्डर रोहित र हेमन गुरुङसँगै गोलकिपर एलान न्यौपाने लगातार दोस्रो पटक एसियन गेम्स खेल्ने लागेका हुन्।

चार वर्षअघि इराक र जापानसँग समान ४-० ले तथा कुवेतसँग ५-० ले पराजित भएको थियो। जापानसँग नेपाललले लगातार दोस्रो पटक एसियन गेम्समा खेल्न लागेको हो।

एसियन गेम्स औपचारिक रुपमा सुरु हुन बाँकी भएपनि फुटबल भने शुक्रवारबाटै सुरु भइसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा मंगलवालर जापानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell