PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

३० वर्षदेखि रोकिएको 'मिप्वाः लाखे' फेरि निस्कियो

३० वर्षदेखि रोकिएको 'मिप्वाः लाखे' फेरि निस्कियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


लाखे भन्ने बित्तिकै धेरैले इन्द्रजात्रामा निस्कने काठमाडौँको मजिपा लाखे बुझ्ने गर्छन्। तर उपत्यकामा अरु पनि थुप्रै लाखेहरु छन्। त्यसमध्ये एक पाटनको 'मिप्वाः लाखे' नाच लगभग लोप भइसकेको अवस्था थियो। झण्डै ३० वर्षदेखि रोकिएको मिप्वा लाखे बिहीबारदेखि पाटनका सडकमा नाच्दैछ। पाटनको सौगलबाट मसाल जलाएर सुरु हुने यो लाखे नाच ओकुबहाल, चक्रबही, हौग, तिछुगल्लीका सडकहरुमा नाचिन्छ। बिहीबारदेखि पाँच दिनसम्म यो नाच नचाउने तयारी छ। प्रविण रानाभाटले खिचेका केही फोटोहरु-
 



ट्रेन्डिङ पोस्ट

Ncell