
काठमाडौं : गायक फणिन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन्। गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो।
शनिबार ‘एसियन युथ एसेम्ब्ली २०१८’को कार्यक्रममा सभामुख महराले गायक ठकुरीलाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गरिएको हो।
कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेल उपस्थित थिए। कार्यक्रममा गायक ठकुरी लगायत अन्य सात जना युवाहरुलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी भारत, भुटान, बंगलादेश, श्रीलंका, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरबाट सामाजिक कार्यक्रममा क्रियासिशल एक–एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको छ।