PahiloPost

May 16, 2026 | २ जेठ २०८३

मलेसियन प्रिमियर लिग : सागर र आसिफ सम्मिलित टिम च्याम्पियन



पहिलोपोस्ट

मलेसियन प्रिमियर लिग : सागर र आसिफ सम्मिलित टिम च्याम्पियन

नेपाली खेलाडीद्वय सागर पुन र आसिफ शेख सम्मिलित क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको छ।

आइतवार भएको फाइनलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुर च्याम्पियन बनेको हो।

१०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्‍यो। क्वालालम्पुरको जितमा कप्तान अहमद फैजले नटआउट ४५ रन बनाउँदा आसिफ शेख ३३ रनमा नटआउट रहे। आसिफले २६औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाए। ओपनर सागर पुनले १० रन जोडे।

त्यसअघि युनिभर्सिटी केबान्गसानलाई क्वालालम्पुरले २६ ओभरमा १०१ रनमै अलआउट गरेको थियो।

लिगमा नेपालका सागर पुनले दुई शतकसहित सर्वाधिक ४५२ रन बनाए। सागरले ९ विकेट समेत लिएका थिए।

१० खेलबाट २१९ रन बनाएका आसिफ सर्वाधिक रन बनाउनेको सूचीको सातौँ स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell