PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

रक्सौल-नरकटियागंज रेल : चार वर्षपछि सञ्चालनमा, दैनिक चार रेल चल्ने



राधेश्याम पटेल

रक्सौल-नरकटियागंज रेल : चार वर्षपछि सञ्चालनमा, दैनिक चार रेल चल्ने

वीरगंज: आजदेखि रक्सौल–नरकटियागंज रुटमा भारतीय रेल सञ्चालनमा आएको छ। चार वर्षको पखाईबाट ४२ किलोमिटर दुरी रहेको यस रुटमा रेल सञ्चालनमा आएपछि नेपाल भारत सीमावर्ती क्षेत्रका हजारौ जनताको यातायात सहज हुने विश्वास लिइएको छ। भारतीय रेलका उच्च अधिकारी एवं सांसद नेताहरुले नरकटियागंज–रक्सौल रेलको उद्घाटन गरे। हाललाई यो रुटमा चार वटा रेल चल्ने छ।

रक्सौलबाट नरकटियागंज पुग्न डेढ घण्टाको समय लाग्ने रेल्वे अधिकारीहरुले बताएका छन्। विहान ६ बजे, १० बजे, दिउँसो १ बजे र साँझ साढे ६ बजे रक्सौलबाट चार रेल छुटने कार्यतालिका राखिएको छ। रक्सौलबाट भेलवा, कगंली हल्ट, सिकटा, पूरुषोत्तमपुर, मरजादवा, गोखुला हुँदै नरकटियागंज पुग्ने छ।

लामो समयपछि रेल सञ्चालनमा आएपछि दुबै देशका सीमावर्ती गाउँका बासिन्दा रेल हेर्न नजिकको रेल्वे स्टेशन थिए। उनीहरुले रेललाई आफनो स्टेशनमा स्वागत गर्दै खुशी साटासाट गरे।

रेलमा सांसद डा. संजय जायसवाल, प्रखण्ड प्रमुख नितिन कुमारलगायत रेलमा सवारी गरेका थिए। पर्साका ग्रामीण भेगका जनता भेलाही, सिकटा रेल स्टेशनबाट रक्सौल वा नरकटियागंजबाट अन्य ठाउँको यात्रा गर्न सहजता मिलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell