PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित



पहिलोपोस्ट

एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित
फोटो : ANFA

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा दक्षिण पश्चिम एसियाली फुटबल महासंघ (स्वाफ)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

साउदी अरबको जेद्दामा आइतवार भएको पहिलो साधारण सभामार्फत शेर्पा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। एन्फा अध्यक्ष शेर्पासहित उपाध्यक्ष वीर बहादुर खड्का र महासचिव इन्द्रमान तुलाधर उक्त सभामा भाग लिन गत शुक्रवार त्यतर्फ गएका थिए।

स्वाफको अध्यक्षमा डाक्टर अडेल विन मोहम्मद अजाज निर्विरोध चयन भएका छन्। सन् २०१८ देखि २०२२ सम्मको लागि कार्यसमिति चयन गरिएको हो।

बरिष्ठ उपाध्यक्षबाहेक अन्य सबै पदमा निर्विरोध चयन भएको स्वाफको बरिष्ठ उपाध्यक्षमा मोहम्मद सविद, उपाध्यक्षमा सुब्रत दत्त र अब्दुल्लाह अल जुनाईबी छन्। महिला सदस्यको पद भने अहिले खाली नै छ।

दक्षिण-पश्चिम एसियाली राष्ट्रहरु मिलेर बनेको स्वाफमा नेपालसहित दक्षिण एसियाका सातवटै राष्ट्र यस नयाँ संघमा आबद्ध छन्। यस्तै साउदी अरब, युएई, बहराइन, यमन, ओमन, इराक र कुवेत स्वाफको सदस्य छन्।

साउदी अरबको सक्रियतामा गत जुनमा स्थापना भएको दक्षिण पश्चिम एशियाली देशहरुको संगठनमा अहिलेसम्म १४ मुलुक सामेल छ। तर, सन् २०२२ को विश्वकप आयोजना गर्ने मुलुक कतार भने यस संगठनमा छैन।

दक्षिण एशियाका सातै राष्ट्र यस नयाँ संस्थामा सामेल भएपछि साफको भविष्य भने अनिश्चित बनेको छ। आगामी सेप्टेम्वरमा बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell