PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जितमा मानेको दुई गोल, मैदान प्रवेश गरेको २४ सेकेण्डमै स्टुरिजको गोल

प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जितमा मानेको दुई गोल, मैदान प्रवेश गरेको २४ सेकेण्डमै स्टुरिजको गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


लिभरपुल नयाँ सिजन २०१८-१९ को प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ। लिग अन्तर्गत आफ्नो पहिलो खेलमा प्रभावशाली जित हात पार्ने क्रममा एनफिल्ड क्लबले वेष्टहम युनाइटेडलाई ४-० ले हरायो।

लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे भने मोहमद सलाह र ड्यानिएल स्टुरिजले एक-एक गोल गरे।

घरेलु मैदान एनफिल्ड स्टेडियममा भएको खेलको २१औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा अग्रता दोब्बर बनाएका मानेले ५३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

८८औँ मिनेटमा सलाहको स्थानमै मैदान प्रवेश गरेका स्टुरिजले मैदान छिरेको २४ सेकेण्डमै गोल गरे।

जितपछि गोलअन्तरका आधारमा लिभरपुल अंकतालिकामा पहिलो स्थानमा छ।

आइतवारै भएको अर्को खेलमा साउथह्याम्पटन र बर्नलीले गोलरहित बराबरी खेल्दै १-१ अंक बाँडेका छन्। नयाँ सिजनको यो पहिलो गोलरहित बराबरी हो।

आजै राती ८:४५ बजे सावित विजेता म्यानचेष्टर सिटीले लण्डन क्लब बर्सनलसँग खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्नेछ। यस खेलपछि नयाँ सिजनको पहिलो चरण सकिनेछ।

फोटो : premierleague/twitter


ट्रेन्डिङ पोस्ट

Ncell