PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको विजयी सुरुवात, आर्सनल २-० ले पराजित

प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीको विजयी सुरुवात, आर्सनल २-० ले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले प्रिमियर लिग २०१८-१९ सिजनमा विजयी सुरुवात गरेको छ।  सिटीले अवे मैदानमा आर्सनललाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान थालेको हो।

आर्सनलको मैदान एमिरेट्समा भएको खेलमा सिटीले दुवै हाफमा एक-एक गोल गरेको हो। जितपछि सिटीले ३ अंक जोडेको छ।

खेलको १४औँ मिनेटमै रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। प्रिमियर लिगमा स्६र्लिङको यो ५०औँ गोल हो।

दोस्रो हाफमा बर्नार्डो शिल्भाले सिटीका लागि दोस्रो गोल गरे। उनले ६४औँ मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गरेका हुन्।

प्रिमियर लिगका ठूला ६ क्लब मध्ये सिटीसहित लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड र टोटनहमले 'ओपनिङ फिक्सर'मा जित हात पार्दा आर्सनलले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ।

ठूला पाँचसहित बर्नमाउथ, क्रिस्टल प्यालेस र वाटफोर्डले लिगको पहिलो खेलमा जित हात पार्दै ३ अंक जोडेका छन्।
 

फोटो : premierleague/twitter


ट्रेन्डिङ पोस्ट

Ncell