PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

मार्क टेर स्टेगनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि बार्सिलोनाले जित्यो स्पानिस सुपर कपको उपाधि



पहिलोपोस्ट

मार्क टेर स्टेगनले इन्जुरी टाइममा पेनाल्टी रोकेपछि बार्सिलोनाले जित्यो स्पानिस सुपर कपको उपाधि

गोलकिपर मार्ट टेर स्टेगनले खेलको अन्तिम समायमा पेनाल्टी बचाएपछि बार्सिलोनाले सेभियामाथि पुनरागमन जितसहित स्पानिस सुपर कपको उपाधि जितेको छ। बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको हो।

बार्सालाई उपाधि जिताउन ७८ औँ मिनेटमा ओसमान डेम्बेलेले निर्णायक गोल गरे। गोलकिपर स्टेगनले इन्जुरी टाइममा सेभियाका विसम वेन येडरको पेनाल्टी रोके।

स्टेड डे टाङगरमा भएको खेलको १०औँ मिनेटमै पाब्लो सराबियाले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए। तर ४२औँ मिनेट जेरार्ड पिकेले बार्साका लागि बराबरी गोल फर्काए।

पहिलो हाफको खेल १-१ को बराबरी भएपछि दोस्रो हाफमा बार्साले एक गोल थप्दै खेल जित्यो। ७८औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा डेम्बेलेले गरेको गोल नै बार्सालाई च्याम्पियन बनाउन निर्णायक भयो। इन्जुरी टाइमको पहिलो मिनेटमा सेभियाले खेल बराबरी गर्ने मौका पाए पनि सेभियाका येडरको पेनाल्टी प्रहार बार्साका गोलकिपरले रोके।

औपचारिक रुपमा कप्तान बनेपछि मेसीले पहिले ट्रफी जितेका छन्। बार्सिलोनाको खेलाडीको रुपमा भने मेसीको यो ३३औँ उपाधि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell