PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

प्रधानमन्त्री ओली र राजपा नेताबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र राजपा नेताबीच भेटवार्ता, सहमति कार्यान्वयन गर्न माग

काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ।

राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell