PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

लेवान्डोस्कीको ह्याट्रिकमा वायर्न म्युनिख च्याम्पियन



पहिलोपोस्ट

लेवान्डोस्कीको ह्याट्रिकमा वायर्न म्युनिख च्याम्पियन

रोवर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेपछि वायर्न म्युनिखले इनट्राच फ्रायंकफर्टलाई ५-० ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ।

जितसँगै वायर्नले जर्मन कपको फाइनलमा फ्रायंकफर्टसँग बेहोरेको हारको बदला समेत लिएको छ।

जर्मन बुण्डेसलिगा र जर्मन कप जित्ने टिमबीच नयाँ सिजन सुरु हुनुअघि जर्मन सुपर कप खेलाइन्छ। वायर्नले लगातार तेस्रो पटक जर्मन सुपर कपको उपाधि जितेको हो। समग्रमा वायर्नको यो सातौँ सुपर कप उपाधि हो।

वायर्नलाई उपाधि जिताउन लेवान्डोस्कीले खेलको २१औँ, २६औँ र ५४औँ मिनेटमा गोल गरे। यस्तै किंग्सले कोमनले ६३औँ र थियागो अनकान्टराले ८५औँ मिनेटमा गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell